Logo

रौतहटका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथी अख्तियारको मुद्दा



काठमाडौ, २१ असार । रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार रजकसहित ६ जनामाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । राजदेवी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, राजदेवी रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रजकसहित ६ जनाले कम्बल खरिदको क्रममा रकम हिनामिना गरेको उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट कम्बल खरिद गर्दा झुटो कागजजात मिलाएर १ लाख १५ हजार ८ सय ७२ रुपैयाँ रजक लगायत ६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएकोले रौतहटका देहायका कर्मचारी एवं पदाधिकारीहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्