Logo

स्वस्तिमा खड्काले यसरी मनाइन् जन्मदिन



काठमाडौ, २१ असार । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले शनिबार जन्मदिन मनाएकी छिन् । उनले कोरोना भाइरसको कारण जन्मदिन भब्यरुपमा मनाउन पाइनन् । स्वस्तिमाको जन्मदिनको अवसरमा शुभचिन्तक, साथी भाई र आफन्तले शुभकामना दिए । उनले घरमा श्रीमान् निश्चल बस्नेत र परिवारको साथमा जन्मदिन मनाएकी हुन् ।

अभिनयमा अब्बल स्वस्तिमा चलचित्र ‘होस्टेल रिटन्स’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेको फिल्म ‘बुलबुल’ले राष्ट्रिय चलचित्र अवार्डसमेत हात पार्नूका साथै दर्शकको मनमा बस्न सफल भइन् ।

स्वस्तिमाको फिल्म भन्दापनि गीतमा उनले गरेका नृत्यलाई दर्शकले सर्वाधिक मन पराएका छन् । उनले नृत्य गरेको ‘कुटुमा कुटु’ बोलका गीत धेरैले मन पराएको र हेरिएको पहिलो नेपाली गीत हुन पुगेको छ । त्यस्तै उनको अर्को गीत ‘नाँच फिरिरी’ पनि युट्युबमा अत्यधिक हेरिएको छ भने उनको अर्को गीत ‘साली मन पर्यो’ पनि दर्शकले धेरै मन पराएको गीत हो । तस्वीर स्वस्तिमा खड्काको फेसबुक



प्रतिक्रिया दिनुहोस्