Logo

प्रिंयका र आयुष्मानको मायालु जोडी



काठमाडौ, २१ असार । नेपाली चलचित्रको सफल नाम हो नायिका प्रियंका कार्की । नेपाली फिल्म उद्योगमा एक समय एक छत्र राज गर्न सफल नायिका कार्की कोरोना भाइरसको कारण फुर्सदमा छिन् । हाल आफुले अभिनय गरेको चलचित्र ‘लक्का जवान’को रिलिज पर्खाइमा बसेकी छिन् प्रियंका ।

फाल्गुण महिनामा अभिनेता आयुष्मान देशराजसँग विवाह बन्धनमा बाधिएका यो जोडी लकडाउनको कारण घुम्न जान पाएनन् । नत हनिमुन मनाउन । उनीहरु घरैमा बसेर परिवारको साथमा एकअर्काप्रति माया बढाउदै छन् । उनीहरुको यो जोडीको रोमान्स गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर दर्शकलाई मनोरन्जन दिदै आएका छन् । एकअर्का प्रति संसार बिर्सदै मायामा डुबेको भाव व्यक्त गर्दे आकर्षक तस्वीर आज इन्स्टाग्राममा सेयर गरेका छन् । तस्वीर प्रियंका कार्की इन्स्टाग्राम



प्रतिक्रिया दिनुहोस्

Screenshot