Logo

द्रौपदीले गरेका पाँच गल्ती जसले महाभारत युद्ध निम्त्यायो



महाभारतमा द्रौपदी एक घमण्डीको रुपमा देखिएकी छिन् । उनको चरित्र बुझ्न धेरै कठिन हुन्छ । उनलाई कृष्णले मात्र बुझ्न सक्थे । द्रौपदी श्रीकृष्णको साथी थिइन् । एक मित्रले अर्को मित्रलाई बुझ्न सकिन्छ । यदि द्रौपदीले गल्ती नगरेको भए भारतको इतिहास अर्कै हुने थियो । आज हामी द्रौपदीले गरेका पाँच गल्तीको बारेमा चर्चा गर्नेछौ ।

स्वयंवरमा कर्णको अपमान गर्नुः द्रौपदी कर्णलाई मन पराउथिन् तर कर्ण सुतपुत्र भएको थाहापाए पछि आफ्नो सोच बदलेकी हुन् । र भरी सभामा कर्णको अपमान गरिन् । द्रौपदीको पिता द्रुपदले द्रोणाचार्यको मृत्युको प्रतिज्ञा लिएका थिए द्रोणचार्यलाई मार्न केवल अर्जुनले मात्र सक्ने भएकाले द्रौपदीको विवाह अर्जुनसँग गराउन चाहन्थे ।

पाण्डवहरुको पत्नी बन्न स्विकार गर्नुः अर्जुनले स्वयंबरको प्रतियोगिता द्रौपदीलाई जिते पनि परिस्थितीको कारण द्रौपदीलाई पाँच पांडवहरुको पत्नी बन्न स्विकार नगरेको भए आज इतिहास अरु नै हुने थियो । द्रौपदीले कुन्तिले भनेपछि कृष्णको सल्लाहमा पाँच पांडवसँग सँग विबाह गर्न स्विकार गरेकी थिइन् ।

दुर्योधनको अपमानः द्रौपदीले इन्द्रप्रस्थमा युधिष्ठिरको राज्यभिषेको समयमा गएका दुर्योधनलाई ‘अन्धोको छोरा पनि अन्धो’ भनेक िथिइन् । यहि कुरा दुर्योधनको मनमा बसेकोले द्युतकिडा र चिरहरण भएको थियो ।

युद्धको लागि बारम्बार प्रेरीत गर्नुः आफ्नो चिरहरणपछि द्रौपदील्े पांडवहरुलाई बारम्बार दुर्योधन र उनका भाईहरुको अपमानको बदला लिन नसके धिक्कार हो भन्ने गर्थिन् । उनले दुशासनले तानेको कपाल खुला राखेर पांडवहरुलाई थप युद्धको लागि उकासिरहन्थीन् ।

जयद्रथको नराम्रो नजरः जुवामा सबैकुरा हारेर पाँच पांडवहरु द्रौपदीको साथमा वनवासमा बस्दै थिए । दुर्योधनको भिनाजु जयदैथको नराम्रो नजर द्रौपदीमाथी गयो । र द्रौपदी एक्लै भएको समयमा जबरजस्ती रथमा बसाएर दौडायो तर धेरै टाढा नलैजादैमा पांडवहरुले द्रौपदीलाई बचाए ।

पाण्डवहरुले जयद्रथलाई मार्न चाहेपनि द्रौपदीले नै कपाल मुण्डन गरेर छाड्न भन्नु नै ठुलो गल्ती भयो । जयद्रथले आफ्नो अपमानको बदलामा महाभारत युद्धमा अर्जुनको छोरा अभिमन्युको हत्या गरे । यसरी महाभारतको रचना हुनुमा द्रौपदीको धेरै र खास भुमिका छ । द्रौपदीको यति गल्तीको अलवा धेरै प्रशंसनिय काम छन् ।



प्रतिक्रिया दिनुहोस्