Logo

तलब माग्न आएका कर्मचारीलाई मालिकले कुकुरद्धारा टोक्न लगाए



काठमाडौं, असार २२ । काम गरेपछि तलबको माग सबैले गर्छन् । कतिपय कामदारले समयमै तलब दिनेगरेपनि कतिले भने मानिसिकसंगै शारिरिक तनाव समेत दिने गरेका छन् । यस्तै एक घटना भएको छ भारतको जोधपुरमा । त्यहाँको रेष्ट्रेन्टमा काम गरे बापत तलब माग्दा एक युवकलाई झण्डै ज्यान गुमाउनु परेन ।

रेष्टुरेन्टमा काम गर्ने ती युवकले महिना पुगेपछि तलब माग्दा रेष्टुरेन्ट मालिकले उल्टै कुकुरलाई आक्रमण गर्न लगाएका छन् । भारतीय सञ्चार माध्ययमका अनुसार कल्याण सिंह नाम गरेका ती युववकले आफ्नो पारीश्रमीक मागेपछि मालिकले रिसाउदै आफुले पालेको कुकुरलाई टोक्न लगाएका हुन् । कुकुरको टोकाइबाट कल्याण नराम्रोसंग घाइते भएका छन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लो महिनाको समेत तलब नपाएपछि बाध्य भएर तलब माग्नु परेको कल्याणले बताएा छन् । रेष्टुरेन्ट मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्