Logo

केपी ओलीलाई दुवै पदबाट हटाउनेबारे यसो भन्छन् भीम रावल (भिडिओसहित)



काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीलाई हटाउन किन नमिल्ने ? भन्दै प्रश्न गरेका छन् । उनले आफूपनि तत्कालिन नेकपा एमालेको निर्वाचित उपाध्यक्ष भएको सुनाउँदै महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई किन हटाउन नमिल्ने भन्ने प्रश्न गरेका छन् । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्