Logo

मेलम्चीको पानी अब आउने पक्का भयो, प्रतिक्षाको घडी सकिएको मन्त्रीको भनाई (भिडिओसहित)



काठमाडौं, २२ असार । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले अनेकौँ हण्डर, ठक्करको सामना गर्दै मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने चरणमा पुगेको र राजधानीवासीको सपना साकार गराउन पाउँदा आफूलाई हर्षित बनाएको बताएकी छिन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुशी व्यक्त गरेकी हुन् । उनले काठमाडौंवासीले कहिले खानेपानी पिउन पाउने ? भन्ने कुराको मिति तय गर्नमात्रै बाँकी रहेको सुनाईन् । उनले भनिन्,’हामी सल्लाह गर्दैछौं ।’

मन्त्री मगरले भनिन्, “धेरै मानिसले आयोजनाका बारेमा अनेक खालका टिप्पणी गरेका थिए, एउटा दन्त्यकथा जस्तो बनाइएको थियो, आज हामी सगौरव भन्न सक्छौँ, अब आयोजना सकियो ।” मगरले थुप्रै निराशा, थकित प्रतिक्षाको घडी सकिएको भन्दै राष्ट्रिय जिम्मेवारी पूरा हुने दिन आउँदा आफू असाध्यै खुशी भएको बताईन् ।

मगरले भनिन्,“आवश्यक तयारी पूरा गर्दै आयोजना उद्घाटनका लागि हामी प्रतिक्षारत छौँ । त्यो दिनपनि छिट्टै आउनेछ । कुनै प्राविधिक जटिलता नआएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो पूरा हुने आयोजनाका रुपमा मेलम्ची खानेपानी आयोजना दर्ज हुने देखिएको छ ।

आयोजनामा एशियाली विकास बैंकले कूल लागतको झण्डै ८० प्रतिशत र नेपाल सरकारले २० प्रतिशत लगानी गरेको छ । आयोजनाको कूल लागत रु २७ अर्ब ७६ करोड रहेको छ । सरकारले सोही आयोजनाको दोस्रो खण्ड शुरु गर्नका लागि आगामी आवको बजेटमा रु पाँच अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्