Logo

नेकपा फुटे व्यवस्था नै रहँदैन्, संविधान बचाउन सकिँदैन् : मन्त्री त्रिपाठी (भिडिओसहित)



काठमाडौं, २२ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भए यो देशको व्यवस्था नै नरहने सनसनीपूर्ण टिप्पणी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । उनले आफूले विगतदेखि नै यस्तो टिप्पणी गर्दै आएको सुनाए । उनले नेकपा फुट्यो भने संविधानलाई बचाउनै मुश्किल हुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्