Logo

११ कक्षाको बोर्ड परीक्षा नहुने, विद्यालयतहमै सञ्चालन र प्रमाणिकरण गरिने



काठमाडौं, २२ असार । सरकारले एसईई जस्तै कक्षा ११ को बोर्ड परीक्षा पनि सञ्चालन नगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयतहमै मुल्यांकन गरेर प्रमाणिकरण गरिने निर्णय गरेको जानकारी दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १९ असारमा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मूल्यांकन परिषदको बैठकले परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको हो । अन्तिम मुल्यांकन विद्यालयले गर्ने जिम्मेवारी पाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि जारी गरेको छ । कार्यविधिकै आधारमा विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने जानकारी दिइएको छ ।

तर, कक्षा १२ को परीक्षा भने बोर्डले नै संचालन गर्नेछ । यसअघि एसईई परीक्षा पनि विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्