Logo

साम्राज्ञीद्वारा भुवनविरुद्ध प्रहरी र अदालत जाने चेतावनी



काठमाडौ, २२ असार । लामो लकडाउनमा चलचित्रका कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिए । कसले के सम्म बोल्नुपर्छ भन्ने कलाकारहरुले सम्झनानै नराख्दा परिस्थितीले अर्कै मोड लिन पुग्यो ।

आफ्नै बोलीको पासो भएका छन् केही कलाकारहरु । एक अर्का विरुद्ध खुलेरै आरोप प्रत्यारोपमा उत्रेका केही कलाकारहरुको कारण चलचित्र क्षेत्रमा सामान्य मानिसको हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएको छ ।

पछिल्लो समयमा नायिका साम्राज्ञी शाह र अभिनेता भुवन केसीको जुहारी चलिरहेको छ । यी दुईले एक अर्कामा लगाएको आरोप प्रत्यारोपपछि कलाकार संघले दुवै कलाकारलाई अनुशासनमा बस्न चेतावती दिएको छ ।

केहि दिन अघि भुवनले कलाकार संघमा आफुलाई लगाएको आरोप निराधार हो भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग राखी उजुरी दिएका थिए । आज साम्राज्ञीले सामाजिक सञ्जालमा भुवनतर्फ इंकित गर्दै लेखेकी छिन्, ‘नव प्रवेशी कलाकारहरुलाई संघर्षको दिनमा भोगेका दुःख र गरेका दुव्र्यवहारलाई अभिव्यक्त गर्न नमिल्ने ?’ प्रश्न गरेकी छिन् ।

उनले ‘वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जालमा अनेकथरी भन्नु कहाँ सम्म उचित हो ? सोधेकी छिन् । साम्राज्ञीले नाम चलेको ब्यानरले भन्दा पनि कलाकारको आफ्नो मिहेनत र लगनले सफल हुने बताएकी छिन् । उनले महिलाहरु हरेक हिसाबले सबल र सक्षम छन् भन्दै अब पनि कुनै अप्रिय कुरा गरेमा कानुनी उपचार खोज्ने भुवनलाई चेतावनी दिएकी छिन् ।

साम्राज्ञीले चलचित्र निर्माताहरुले नवकलाकारहरुलाई गर्ने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताउदै निर्माताहरुलाई पक्षपात र गुटबन्दी नगर्न पनि आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्