Logo

आमाको दुःख देखेर २ छोरीले कुवा खनेपछि…



हिन्दी फिल्म बाहुबलीमा शिवाले आमाको जलभिषेकको लागि पानीबाट शिव लिंग नै उठाएर नजिकै ल्याएका थिए । त्यस्तै वास्तविक जीवनमा पनि भारतको छत्तीसगढमा जन्म दिने आमाको लागि २ छोरीले कुवा खनिदिएका छन् ।

आमाले सधै २ किलोमिटर टाढाबाट पानी बोकेर ल्याएका देखेका छोरीहरुले घरको नजिक कुवा खनेका हुन् । नानीहरुको आमा प्रतिको निष्ठा देखेर छत्तीसगढका नेताहरुले उपहार नै दिएका छन् ।

सफा पानी लिनलाई २ छोरी र आमा घण्टौ टाढा गएर पानी ल्याउने गर्थे । आमाको समस्या देखेर २ छोरीले सबैको समस्याको समाधान गरिदिएका छन् । शान्ती र विज्ञांति नाम गरेका दिदि बहिनीले कुवा खनेको देखेर सबैले सहयोग गरी मेहेनतमा रंग भरिदिएका थिए ।



प्रतिक्रिया दिनुहोस्