Logo

महिलाको भित्री वस्त्र लगाउने भेडा



महिलाको भित्री लुगा एउटा भेडाले लगाएको भिडियो समाजिक सञ्जालमा निकै भाइरल भएको छ । वास्तवमा उक्त भेडा गर्भवती हो । गर्भवतीको क्रममा उसको थुनको आकार ठुलो भएकोले ब्रा लगाइदिएका हुन् । ब्रा लगाउने भेडाको नाम रोज हो ।

भेडाको पेटमा तीनवटा बच्चा हुर्किरहेका थिए त्यसैले रोजको दैनिक तौल बढ्दै जादै थियो । भेडा मालिकका अनुसार थुनको आकार बढ्दा सस्पेन्सरी लिगामेन्टलाई हानी पुग्ने भएकोले भेडालाई ब्रा लगाएका हुन् । भेडाले ब्रा लगाएको तस्वीर भाइरल भएको अवस्थामा धेरैले मालिकको पनि प्रशंशा गरेका छन् । मालिकले जनावरलाई सुरक्षित राख्न गरेको कार्य निकै सरहानिय कार्य हो ।



प्रतिक्रिया दिनुहोस्