Logo

पानीबिना जतिबेला शरीर चिसो हुने युवती



प्रायः मानिसहरु गर्मी मौसममा मानिसहरुलाई धेरै पसिना आएर दुःख दिन्छ भने चिसो मौसममा धेरै चिसो भएर दुख दिन्छ । तर एउटी युवतिको शरीर भने एकैछिनमा चिसो हुन्छ । पानी बिना नै उनको शरीर चिसो भइरहन्छ ।

अमेरिकाको टेक्सासमा बस्ने २० वर्षकी सोफी ड्वेरको शरीर एकैछिनमा भिज्छ । आफ्नो शरीर सुकाउन इलेक्ट्रिक मिभाइस बोकी राख्नु पर्छ । उनको रोगको कारण धेरै भन्दा धेरै पसिना आउने भएकोले कलेजमा जाँदा पनि साथीहरुको अगाडी लजाउने गर्छिन् ।

सामान्य मानिसलाई भन्दा सोफीलाई १० गुणा बढी पसिना आउँछ । उनले यही पसिना धेरै आएको भन्दै उनका प्रेमीले पनि छोडेको बताएकी छिन् । सोफी ‘हाइपरहाइड्रोसिस’ नामको एक रेयर रोगबाट पिडित छिन् । यो रोग २ सय जना मध्ये एक जनालाई हुनसक्छ । पसिना धेरै आउने हुँदा सोफीले बाहिर निस्कदा एक जोर कपडा थप बोक्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्