Logo

कामनपाद्धारा ६ वटा ए डिभिजन फुटबल क्लबलाई १०/१० लाख रुपैयाँ अनुदान प्रदान (फोटोफिचर)



काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई जनही १० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरले उक्त रकम प्रदान गरेको हो ।  महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ६ वटा क्लबका अध्यक्षहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरबाट यसरी अनुदान पाउनेमा मच्छिन्द्र क्लब, संकटा क्लब, एनआरटी, मनाङ मर्स्याङदी, हिमालयन शेर्पा र सरस्वती युथ क्लब रहेका छन् । उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्