Logo

टिकटक स्टारहरुद्वारा धमाधम आत्महत्या, १८ वर्षीया युवतीले गरिन आत्महत्या



एजेन्सी, २२ असार । हालै बलिउड स्टार सुशान्त सिंह राजपूतले आत्महत्या गरेको चर्चा सेलाएको थियो । आत्महत्या केस दर्ता भए संगै बलिउडमा त्रास फैलिएको देखिन्छ । सुशान्तको आत्महत्या पछि फेरि भारतमा १८ वर्षीया टिकटक स्टारले आत्महत्या गरेकी छिन् ।

ती युवती दिल्ली विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनी निकै चर्चित टिकटक स्टारको रुपमा रहेकी थिइन् । उक्त प्लाट्फर्ममा उनको अत्यधिक फलोअर भएतापनि उनी आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेको कोठामा प्रहरीले युवतीद्वारा लेखिएको सुसाइड नोट समेत फेला पारेका छन् । उनी डिप्रसनकी विरामी रहेको रिपोर्टले जनाएको छ ।

भारतीय सरकारले केही दिन अघि चिनियाँ टिकटक लगायत अन्य ५९ वटा एप्समा प्रतिबन्ध लगाएपछि १८ वर्षीया युवतीको भविष्य अन्धकार भएको कारण उनले ठूलो कदम चालेको जनाइएको छ । उनी विगत दूई तीन महिनादेखि डिप्रसनको शिकार भएकी उनको परिवारले जनाएको छ ।

टिकटक भारतीय समाज बीच निकै लोकप्रिय एपको रुपमा थियो । कैयौँ आफ्नो करियर बनाउन टिकटकको सहायता लिने गर्दथे । भारत सरकारले लगाएको प्रतिबन्धपछि युवा युवतीलाई निकै मर्का परेको छ । आत्महत्याको केसहरु अत्यधिक बढ्दै गएको देखिन्छ । यसप्रति सरकार र सरोकारवालालाई प्रभावकारी कदम चाल्नु पर्ने विषय औल्याइएको छ ।

तीव्र रफ्तारमा चलिरहेको विश्वमा आफ्नो प्रभुत्व कायम गर्न नसक्ने र लड्न असम्भव देखेपछि नयाँ पुस्ताहरु हार मान्दै आत्महत्या गर्न थालेको अध्ययनहरुले देखाएको छ । आत्महत्या संक्रामक समेत रहेको कतिपयको भनाइ रहेको छ । नयाँ युवा पुस्तालाई प्रोत्शाहन गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्