रुसी अरबपतिद्वारा अमेरिकामा रहेका विवादास्पद शालिक किन्ने इच्छा व्यक्त


एजेन्सी, २२ असार । रुसी अरबपतिले अमेरिकास्थित रहेको दुई विवादास्पद मूर्तिहरु किन्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकामा जारी रङभेद, जातिवाद र उपनिवेशवादको विवाद चर्किएको छ । विवादका क्रममा प्रर्दशनकारीहरुले दूई गोराका मूर्तिहरुलाई निशाना बनाइरहेको अवस्थामा रुसी अरबपतिले सो मूर्ति किन्न इच्छुक रहेको बताएका हुन् ।

एन्ड्रे फिलाटोभ नामक व्यापारीको आर्ट फउन्डेसनले अलास्का र न्युयोर्कमा रहेको थियोडोर रुजावेल्ट र अलेक्जेन्डर बारानोभका मूर्ति किन्ने बताए । रुसका निम्ति ती दूई व्यक्तिले साकारात्मक प्रभावको छाप छाडेका कारण उनीहरुको मूर्ति किन्ने इच्छा जाहेर गरेका हुन् ।

अमरिका रङभेद विवाद चिर्किरहेको अवस्थामा काला जातिका मानिसहरुले यी मूर्ति माथि तोडफोड गर्न योजनाहरु बनाइरहँदा उक्त मूर्तिको संरक्षण आवश्यक रहेको ठहर गर्दै फाउन्डेसनले आफ्नो इच्छा जाहेर गरेको हो ।

रुसको इतिहास र विकासमा अग्रपङतीका रुपमा रहेका दूई मानिसको आदार गर्न रुसी नागरिकको दायित्व रहेको जनाएका थिए । अमेरिकाको २६ औँ राष्ट्रपति थियोडोर रुपावेल्ट र रुसलाई सकारात्मक दिशा तर्फ उन्मुख गर्न प्रभावकारी भूमिका खेल्ने अलेक्जेन्डरका बारेमा अगामी पिढीलाई जनाउन आवश्यक रहेको कारण मूर्तिलाई संरक्षण गर्नुपर्ने उनले बताए ।

चर्किएको रङभेद प्रर्दशनका कारण दूई मूर्ति माथि कुनै पल आक्रमण हुनसक्ने अनुमान समेत लगाइएको छ । ४८ वर्षीय चेस खेलाडी तथा बिजनेस म्यान फिलाटोभ ट्रान्सपोर्ट र पोर्ट इन्डस्ट्रीका मालिक हुन् । उनी पछिल्लो वर्ष फब्र्सको अरबपति सुची समावेश समेत भएका थिए । उनले आर्ट फाउन्डेसनको सुरुवात सन् २०१२ मा सुरुवात गरेका थिए । उनी विगत देखि एतिआसिक र महत्वपूर्ण मूर्तिहरु संकलन गरिरहेका छन् । मूर्तिको मूल्यको विषमा अमेरिकी अधिकारीहरुसंग समेत छलफल भइसकेको छ । तर मूल्य भने तय अहिलेसम्म तय नभएको जनाइएको छ ।