काठमाडौं, २२ असार । नेपालमा आज कोरोना भाइरसको संक्रमित थपिएकामध्ये काठमाडौं उपत्यकामात्र मात्र ५४ जना छन् । यो अहिलेसम्म उपत्यकामा एकै दिन थपिएकामध्ये सर्वाधिक हो ।
उपत्यकामा एकै दिन ५४ जना संक्रमित थपिएपछि त्रास बढेको छ । आज काठमाडौंमा २४, ललितपुरमा २० भक्तपुरमा १० जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
ललितपुरमा अहिलेसम्मकै बढी संक्रमित थपिएका हुन् । उपत्यकामा काठमाडौं र भक्तपुरपछि मात्र ललितपुरमा संक्रमित थपिएका थिए ।
उपत्यकामा समुदायमा संक्रमण नफैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको परीक्षणका लागि विभिन्न दश ठाउँमा नमुना परीक्षण गरिएको थियो ।




प्रतिक्रिया