Logo

ओली महानायक हुन, हटाउने हिम्मत कसैले नगरे हुन्छ : मन्त्री ढुंगेल (भिडिओसहित)



काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कैलाश ढुंगेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महानायकको संज्ञा दिँदै उनलाई हटाउने कसैले पनि नसक्ने दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेकपाका सबै शीर्ष नेताहरुको योगदान र भूमिकाले पार्टी एकता भएको सुनाए ।

उनले नेताहरुबीचको विवादलाई खुलम खुल्ला छलफलको संज्ञा दिए । तर, नेताहरुबीच कुरा मिल्ने र सहमति हुने उनको विश्वास छ । वाग्मती प्रदेशका अर्थमन्त्रीसमेत रहेका नेता ढुंगेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेर नेकपा चुनावमा गएको र जनताले मत दिएको बताउँदै यसमा प्रधानमन्त्री ओलीको ठूलो योगदान रहेको स्पष्ट पारे । ओली निष्ठाको राजनीति गर्ने नेता भएको उनको भनाई छ । अहिले ओलीको विकल्प खोजे नेकपा दुर्घटनामा पर्ने उनले खतरा औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्