Logo

सुशान्त सिंह प्रकरणः निर्देशक सञ्जय लिला भन्सालीको बयान



एजेन्सी २२ असार । बलिउड स्टार सुशान्त सिंह राजपुतले १४ जुनको आत्महत्या गरेका थिए । उक्त आत्महत्याले सम्पूर्णको ध्यान कन्द्रित गरेको छ । मुम्बई स्थित रहेको बांड्रा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अनुसन्धानको क्रममा विभिन्न स्टारहरुलाई तानिएका छन् । केस र उनको निजी जीवनमा संलग्न रहेको केही विशेष मानिसहरुको प्रहरीले बयान समेत लिएका छन् । आज भने सोही क्रममा निर्देशक सञ्जय लिला भन्साली आफ्नो बयान दर्ता गराउन प्रहरी चौकी पुगेका छन् । उनले आफ्नो प्रोडक्सन हाउसमा सुशान्तलाई अनुबन्ध गरेको र अगामी फिल्ममा उनलाई मौका दिने भनेका थिए ।

‘राम लिला’ चलचित्रमा अभिनय गर्न सर्वप्रथम सुशान्तलाई अफर गरिएको विषय र अन्य सोही प्रकारका विषयलाई मध्ये नजर राखी प्रहरीले उनलाई चौकी बोलाएका हुन्े । सुशान्तलाई भन्साली आफ्नो तर्फ चार वटा फिल्मको अफर गरेका थिए । तर, उनलाई कुनै पनि फिल्ममा समावेश गरिएको थिएन् । यी सब विषय केन्द्रित रही प्रहरीले बयान लिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्