Logo

ओली-दाहालबीचको भेटवार्ता सम्पन्न



काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवाद हल गर्नेगरि भएको दुई अध्यक्षबीचको एक्लाएक्लै भेटवार्ता भर्खरै सम्पन्न भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अध्यक्षद्धयबीचको भेटवार्ता सकारात्मक भएको दाहालनिकट स्रोतले जनाएको छ । दुई अध्यक्षले सम्वादलाई जारी राख्ने सहमति गरेका छन् ।

असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकको पहिलो दिनमै ओलीको राजीनामा माग गरेका थिए । तर, ओलीले आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । योसँगै नेकपाभित्रको आन्तरिक द्धन्द्ध चर्किएको छ।

स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय गरिएको छ । भोलिको बैठक बस्नुअघि पनि दुई अध्यक्षबीच पूनः छलफल हुने भएको छ । पार्टीभित्रको विवादलाई आपसी सहमतिका आधारमा नै हल गर्न दुई अध्यक्ष राजी भएको र यस सहमतिमा बरिष्ठ नेताहरुलाई पनि ल्याईने भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्