Logo

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक



एजेन्सी, २३ असार । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीच वार्ता भएको छ । उनीहरुबीच लद्दाख क्षेत्रबाट सैन्य उपस्थिती घटाउने बारे आइतबार वार्ता भएको हो । वार्ता साकारात्मक भएको र गल्वान क्षेत्रमा रहेको सैन्य उपस्थितीलाई घटाउने विषयमा दूवै देशका उच्च अधिकारीहरु सहमत भएको जनाइएको छ ।

वार्तामा सैन्य उपस्थितीलाई घटाउन निरन्तरता दिने विषमा सहमति भएको बुझिएको छ । दूवै देशले उक्त क्षेत्रबाट चरण वद्व रुपमा आफ्ना उपस्थिती, गतिविधि कम गर्ने र भविष्यमा तनावलाई घटाउन दूवै देशका सेनाहरुले एक अर्काको मद्दत गर्ने जनाइएको छ । विवादीत क्षेत्रका तनावलाई न्युनीकरण गर्न र सम्बन्ध प्रगाढ बनाउन समेत सहमति भएको छ ।

विगतमा भएको द्विपक्षीय सम्झौता र प्रोटोकलको आधारमा उक्त क्षेत्रमा शान्ति कायम गर्ने जनाइएको छ । दूवै देशबीचको तनाव तत्काल साकारात्मक उन्मुख देखिएको छ । दूवै देशको विशेष प्रतिनिधि डोभाल र वांग सन् २०१८ र २०१९ मा भटेका थिए । त्यसैगरी जुन १५ मा दूवै देशबीच भएको झडपपछि भारत र चीनका विदेश मन्त्री जुन १७ मा भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्