Logo

टापुमा चीन र जापानका दाबीसँगै टकराव बढ्यो



एजेन्सी, २३ असार । चिनियाँ तटमा खटिने जहाजहरु विगत चार दिनमा दुई पटक जापान प्रभावित टापुमा छिरेका छन् । चिनियाँ तटमा खटिने जहाजहरु निरन्तर प्रवेश गरिरहेको कारण जापानी जहाजहरु उक्त जहाजहरुलाई रोक्न बाध्य भएको टोक्योका अधिकारीले सोमबार जनाएका छन् ।

जापान प्रभावित सेनकाकु टापूको चार कि.मी भित्रसम्म चिनियाँ जहाज देखापरेको उनले जनाएका छन् । जसलाई चीनले दियाओ टापु भन्ने गर्दछ । उक्त क्षेत्रको २० किमीको पानी जापानको अधिनमा रहेको अधिकारीहरुले जनाएका छन् । चिनियाँ जहाजहरुको गतिविधिप्रति टोक्योले बारम्बार कूटनीतिक विरोध प्रर्दशन गरिरहेको जनाइएको छ ।

दुवै पक्षले उक्त क्षेत्रलाई आफ्नो भन्दै दाबी गर्दै आएको छ । तर, सन् १९७२ देखि उक्त क्षेत्रलाई जापानले प्रशासित गर्दै आएको छ । दुवै देशबीचको मुख्य तनाव भने जापानको दक्षिणपश्चिम क्षेत्रको १९ सय कि.मीमा रहेको चट्टानी श्रृंखलामा केन्द्रित छ । जसलाई दूवै पक्षले वर्षौ देखि आ–आफ्नो अडान लिएका छन् ।

ओकिनाम राज्यले उक्त टापुलाई जापन प्रशासित रहेको ठहर गर्दै स्वीकृत दिएपछि विगत महिनादेखि तनाव बढ्दै गएको छ । बेजिङले भने उक्त विषयप्रति घोर आपत्ती जनाउँदै विरोध गरेको थियो । यसैक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झोओ लिजीयानले उक्त क्षेत्रमा चीनको पेट्रोलिङको अधिकार रहेको जनाउँदै जापानले आफ्नो गतिविधि कम गर्न चेतावनी दिएका छन् । साथै चीनको सार्वभौममा हस्तक्षेप नगर्न चेतावनीसमेत दिएका थिए ।

विवादीत क्षेत्रमा विगत ८४ दिन देखि निरन्तर चीनको पेट्रोलिङ भइरहेको जनाइएको छ । हालै चीन र भारत सीमा विवादको घटनालाई जापाले चिनियाँ इरादा बुझ्न आवश्यक रहेको जापानी अधिकारीले बताएका छन् । हिन्द महासागरमा जापान र भारतको जल सेनाद्वारा अभ्यासहरु भइरहेको छ । चीनले भारतसंगको सीमा, हङकङ, इस्ट चाइना सी, साउथ भाइना सीमा आफ्नो तीव्रता देखाइ प्रभुत्व जमाउने प्रयास गरिरहेको आरोप जापानले लगाएको छ । उक्त क्षेत्रहरुको स्वरुप चीनले परिवर्तन गर्न खोजीरहेको जापानले आरोप लगाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्