Logo

सुनको मूल्य फेरि बढ्याे



काठमाडौँ २३ असार : केहि दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज (मंगलबार) उकालो लागेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत बुधबार ९१ हजार ७०० रुपैयाँसम्म पुगेको सुनको मूल्यमा निरन्तर गिरावट आएपनि मंगलबार पुन: उकालाे लागेकाे हाे । त्यसै गरीचाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९५० रुपैयाँ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्