Logo

जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास



एजेन्सी, २३ असार । जनावरद्वारा मानिसमा फैलिने रोगहरुको संख्या हरेक वर्ष बढ्दै गएको छ । जनावरमा देखापरेको रोगहरुको सही ढंगले उपचार नभएको कारण यसले निम्त्याउने रोगहरु मानव जातीका लागी चिन्ताको विषय बनेको देखिन्छ । जनावरको संरक्षण र रोग रहित बनाउनु पर्नेमा विज्ञहरुले चेतावनी दिएका छन् ।

महिनौँ दिन देखि विश्वमा देखापरेको कोरोना संक्रमणलाई समेत जनावरबाट मानिसमा फैलिएको दोष निरन्तर लागीरहेको छ । उपेक्षित जनावरहरुको रोगहरुले प्रत्येक वर्ष २० लाख भन्दा बढी मानिसको ज्यान जाने गर्दछ । कोरोना भाइरसले विश्वमै ठूलो क्षति पुर्याएको छ । दूई वर्षमा उक्त रोगले विश्वको अर्थतन्त्रमा करिब ९ ट्रिलियनको क्षति पुग्ने जनाइएको छ ।

विगतमा देखापरेको इवोला, सार्स र वेस्ट नाइल भाइरस समेत जनावरबाट मानिसमा सरेको थियो । रोगहरु मानिसमा स्वतह फैलिने गर्दैन । यो भूमि पतन, वन्यजन्तू शोषण, स्रोत उत्खनन र जलवायू परिवर्तनको आधारमा जनावरबाट मानिसमा रोगहरु सरेको राष्ट्रसंघीय वातावरण कार्यक्रम र अन्तराष्ट्रिय पशुधन अनुसन्धान संस्थानको रिपोर्टले देखाएको हो । पछिल्लो शताब्दीमा कोरोना भाइरस जस्ता ६ प्रकारको संक्रमण रोगहरु पृथ्वीमा निम्तिएको थियो ।

विगत २० वर्षको अवधिमा कोरोना बाहेक अन्य जनावरको रोगबाट अरबौँको क्षति पुगेको थियो । उक्त रोगबाट विशेषगरी जटिल विकासमा रहेका मानिसहरुमा अत्यधिक देखापरेको जनाइएको छ । यसकारण जनावरको संरक्षण र रोगरहित वातावरणको सृजना हुनु पर्ने जनाइएको छ । सचेत हुनु र भविष्यमा आउेने खतराहरुलाई नियन्त्रण गर्न वातावरणको सरक्षण र रक्षामा विशेष ध्यान दिनु पर्नेमा विज्ञहरुको जोड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्