Logo

अब गुरु योजनाअनुसार पशुपति क्षेत्रको विकास अगाडि बढ्छ : मन्त्री भट्टराई



मुकुन्द कालिकोटे : काठमाडौं २३ आषाढ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको समग्र विकासका तिव्ररुपमा काम अगाडि बढिरहेको जानकारी दिएका  छन् । मन्त्री भट्टराईले आज पशुपति मन्दिरको दक्षिणद्धारको उद्घाटन गर्दै पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास लागि गुरु योजनाअनुरुप गर्न लागिएको जानकारी दिएका हुन्  ।

मन्त्री  भट्टराईले पहिले जस्तो सवै कुरा ठप्प पारेर लकडाउन नहुने बताए । उनले भने, जनजीवन समान्य पारेर र आर्थिक क्रियाकलापलाई सहज पार्दै कोरोना नियन्त्रण र रोकथामको प्रयास भइरहेको छ । मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका सवैले पालना गरे कोरोना नियन्त्रण हुने विश्वास व्यक्त गर्दै लाखौ मानिस बेरोजगार हुन थालेकोले यातायात क्षेत्र र कलकारखाना छिटै सामान्य रुपमा खुल्ने बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रको सौन्दर्यता कायम गर्न गुरुयोजना तयार भइरहेको र यसलाई विश्वमा नै हिन्दुहरुको प्रमुख तीर्थस्थलको केन्द्रको रुपमा विस्तार गरिने विश्वास दिलाए ।

पशुपति क्षेत्रमा प्रवेश गर्न पशुपति क्षेत्र विकास कोषले कलात्मकद्वार निर्माण गरेको जानकारी दिँदै ढकालले कोषले एसबीआई बैंकको लगानीमा सुमार्गी भवनछेउमा निर्माण गरेको उक्त द्वार यस्तो कलाकृतिमा पहिलो भएको दावी गरे । सोही अवसरमा बैंकले कोषलाई मन्दिरपरिसर सरसफाईका लागि ब्रुमरको साँचो हस्तान्तरण गरेको थियो । उद्घाटनअघि मन्त्री भट्टराईले कैलाश उमाकुण्डमा वृक्षरोपण समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्