Logo

राष्ट्रपति भण्डारीसँग सार्क महासचिवको भेट



काठमाडौँ,२३ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन् ।

उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्‍ट्रपतिले जोड दिएकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्