Logo

दोभाल नेपाल आएको हल्ला, उता दोभालले चिनियाँ विदेशमन्त्रीसँगको वार्ताले मिल्यो भारत चीन विवाद



एजेन्सी, २३ असार । भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल निकै शक्तिशाली मानिन्छन् । उनी पछिल्लो समय नेपाल आएको हल्ला खुबै मच्चियो । नेपालमा सत्तारुढ दलभित्र विवाद भइरहँदा भारतबाट केही शक्तिशाली मानिसहरु लकडाउनमा पनि नेपाल पसेको हल्ला मच्चाइयो । तर, दोभाल निरन्तर भारतको चीनसँगको तनाव कम गर्न सक्रिय भएको खुलेको छ ।

दोभाल हालैमात्र भारत र चीनका विशेष प्रतिनिधिहरुको वार्तामा सरिक भए । यसले तातीरहेको तनाव कम गर्यो । आइतबार भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल र चिनियाँ विदेश मन्त्री वांगबीच करिब दूई घण्टाको छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विवादलाई लिएर प्रतिनिधिहरुले दूई घण्टामा नयाँ स्वरुप दिएका छन् ।

दोभाल र वांगबीच भएको वार्ता स्पष्ट र गहिरो अध्ययनको आधारमा भएको बुझिएको छ । वार्तामा चिनियाँ गतिविधि र उपस्थितीलाई न्युनीकरण गर्न चीन सहमत भएको बुझिन्छ । दूवै देशका विशेष प्रतिनिधिहरुको विशेष प्रायोजनमा भेट हुने गर्दछन् । उनीहरुबीचको वार्ता भने सधै निस्कर्षमा पुगेको जनाइएको छ । वार्ता सिधै मुद्दामा केन्द्रित रही सुरु भएको थियो ।

दोभालले वांगसंग सिधै चिनियाँ उपस्थिती घटाउने र चिनियाँले जुन १५ मा भएको झडपमा चिनियाँ सेना दोषी रहेको ठहर गर्दै वार्तालाई अगाडी बढाएको विषय टाईम्स अफ इन्डियाले लेखेको छ । ७३ दिन सम्म रहेको डोक्लाम द्वन्द्वपछि उक्त घटना प्राणघातक रहेको कारण यसलाई शान्तिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । भारतले डोक्लाम द्वन्द्वपछि यो दोस्रो पटक चीनलाई सहयोग गर्न सहमत भएको देखिन्छ ।

उक्त वार्तामा चिनियाँ एप्सहरुमाथि भारतले लगाएको प्रतिबन्धमा समेत चर्चा भएको छ । अमेरिकी राष्ट्रपतिले चीनविरुद्व भारतलाई सहयोग गर्ने विषयलाई लिइ चीन झन् आक्रामक भएको थियो । यस मुद्दालाई समेत समावेश गरिएको थियो । महामारीका कारण भारतको खस्किदो अर्थतन्त्रलाई ध्यानमा राखी चीनले आफ्नो उपस्थिति कम गर्ने समेत जनाइएको छ । तत्काल भएको वार्ताले सीमा विवाद मुद्दा र एक अर्का संगको सहमतिलाई निर्णायक ढंगले अगाडि लग्ने गरी भएको छ ।



प्रतिक्रिया दिनुहोस्