Logo

१२० बोतल लागुऔषध कोरेक्स सहित ३ जना पक्राउ



बीरगञ्ज, २३ असार । जिल्ला प्रहरी कार्यालय पर्साले १२० बोतल लागु औषध कोरेक्स सहित ३ जनालाई नियन्त्रण लिएको छ । विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्साले भारतको रक्सौलबाट बीरगंज बसपार्कतर्फ आउँदै गरेको मोटर साईकल चेकजाँच गर्दा उक्त लागू औषध पक्राउ परेको हो ।

लागू औषधसहित पक्राउ पर्नेहरुमा जिल्ला बारा बिश्रामपुर गा।पा।वडा नं।५ नकटुवा बस्ने बिरेन्द्र कुमारर भारतको  मोतिहारी पूर्वी चम्पारण बिहार पंटोका भलुवाहा वकिल पासवान र ऐजन–एैजन बस्ने राज कुमार दाश  रहेका छन् । अवैध लागु औषध कोरेक्स कोरोवार गर्ने दुवै जनाको लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिप्रका पर्साले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्