Logo

खानेपानीका इन्जिनियरमाथी अख्तियारको मुद्दा



काठमाडौ, २३ असार । खानेपानीका इन्जिनियरमाथी ३ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । खानेपानी तथा ढल ब्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना ब्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट उपाध्यायले ३ करोड १० लाख २७ हजार १ सय ५३ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति पुष्टि भएकोले कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्