Logo

जैसिदेवलमा धारिलो हतियार प्रहार गर्ने पक्राउ



काठमाडौं, २३ असार । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं जैसिदेवलबाट काभ्रे खोपासी घर भएका तामाङ पक्राउ परेका हुन् ।

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषसँग एकआपसमा वादविवाद तथा झै–झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्