Logo

शिक्षकको हत्या गरी ११ वर्षदेखि फरार पक्राउ



बारा, २३ असार । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त तिलक भन्ने नन्दु बैठा सोमबार बिहान पक्राउ परेका छन् । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैयाका बैठा (तिलक) लाई प्रहरीले पक्राउ गरेको हो ।

नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा स्थित नेरामावि फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्त नन्दु हालसम्म फरार रहेका थिए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नन्दुलाई पक्राउ गरेको हो ।

साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटाका बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्