Logo

बलात्कारको अभियोगमा पक्राउ



काठमाडौं, २३ असार । जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई कपिलवस्तुको कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु महुवाका अब्दुल कलिम र सोही ठाउँका लोकनाथ यादव रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कञ्चनपुरको ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका मालुमेलाका नर बहादुर भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको सुचना आएसँगै ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्