Logo

६ सय भन्दा बढी मानिस कोरोना परास्त गर्न सफल



काठमाडौं, २३ असार । नेपालका कोरोना संक्रमण हुने भन्दा परास्त गर्नेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा दुई सय चार जना संक्रमित थपिएका छन् भने ६ सय ८८ जना कोरोना परास्त गर्न सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ भएको छ । नेपालमा ३५ जनाको मृत्यु भएको छ । नेपालमा दुई लाख ६१ हजार ८ सय ६१ जनाको परीक्षण भएको छ ।



प्रतिक्रिया दिनुहोस्