Logo

दिपकराज गिरीलाई महानायक बनाइदिएपछि…



काठमाडौ, २३ असार । कलाकारहरुको दोहोरीले अहिले सामाजिक सञ्जाल तातिएको छ । कहिले हास्य कलाकारले त कहिले चलचित्रका कलाकारहरुले एकले अर्कालाई लगाएको आरोप प्रत्यारोपले कलाकारीता प्रति वितृष्णा बढाएको छ । राजेश हमालको ‘महानायक’ पदको विषयमा बोल्दा निर्देशक दीपाश्री निरौला विवादमा तानिएसँगै उनी दर्शकहरुको आलोचना पात्र बनिन् ।

कतिपय दर्शकले त दीपकराज गीरीलाई महानायक बनाउनु पर्ने भन्दै दीपालाई व्यंग पनि गरेका थिए । दीपा तानिएको विवादमा आफुलाई पनि जोडेपछि चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो गल्तीबिना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद । ’

दीपकले आफ्नो बाटो र लक्ष महानायकको घरतिर कहिल्यै पनि नमोडीएको प्रष्ट पारेका छन् । उनले आफु कलाकार भएदेखि नै हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि बताएका छन् । उनले अन्त्यमा लेखेका छन्, ‘सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो । ’



प्रतिक्रिया दिनुहोस्