Logo

गिरीको ठाउँमा सिटौला सांसद बन्ने



काठमाडौं, २३ असार । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेसँगै उनको ठाउँमा लीला सिटौला सांसद बन्ने भएकी छिन् । सिटौला ललितपुर निवासी हुन् । गिरी पार्टीको कारवाहीमा परेपछि उनको पद चट् भएको थियो । गिरीको सांसद पद गएसँगै अब बन्दसूचीमा गिरीभन्दा मुनि रहेकी सिटौला स्वतः सांसद बन्ने भएकी हुन्। Photo Source: Facebook/Lila Sitaula



प्रतिक्रिया दिनुहोस्