Logo

महाभारतको पांडव र कौरवको जन्मको रहस्य



विचित्रवीर्यः महाराजा शान्तुन र सकुन्तलाको विचित्रवीर्य र चित्रागंत नामका छोरा थिए । चित्रांगतको सानैमा निधन भएको थियो । विचित्रवीर्यले अम्बिका र अम्बालिका २ जना विवाह गरेका थिए । उनको पनि बाल बच्चा नभई निधन भएकोले सत्यवतीले आफ्नो २ बुहारीलाई वेदव्यासको अगाडी निवस्त्र भएर बस्न आग्रह गरिन् । पहिला अम्बिकाले वेदव्यासको अगाडी निकै डराएर आँखा चिम्लिइन् ।

आँखा चिम्लेकाले उनको छोरा धृतराष्ट्र अन्धो भएर जन्मिए । त्यसपछि अम्बालिका वेदव्यास सामु गइन् र उनि डराएर पहेलै भइन् र उनले पान्डुको जन्म दिइन् । फेरी २ रानीले दासीलाई वेदव्यासको कोठामा पठाए र दासी वेदव्यासको सामुन्ने निडर भई उपस्थित भएकोले उनको छोरा विदुर वेद–वेदान्त, अत्न्यन्त नितिवान पुत्र भएर जन्मिए । अम्बिकाको छोरा धृतराष्ट्रको कुनै सन्तान नहुँदा वेदव्यासको कृपाले नै ९९ छोरा र एक छोरीको जन्म भएको थियो ।

पान्डुका ५ छोराः जंगलमा हरिणको सिकार गर्ने क्रममा पान्डुले ऋषिको हत्या पश्चात उनले दिएको श्रापको डरले धृतराष्ट्रलाई राज्यको जिम्मा दिएर पत्नीहरु कुन्ती र माद्रीको साथमा जंगलमा बस्दै आएका थिए । श्रापको कारण उनको सन्तान जन्माउन नमिल्नृे थियो त्यसैले कुन्तीले मन्त्र शक्तिले एक–एक गरेर ३ देवतालाई आह्वान गरेर छोराहरु जन्मिएका हुन् । माद्रीलाई पनि कुन्तीकै शक्तिले २ पुत्र प्राप्त भएका हुन् । धर्मराजबाट युधिष्ठिर, इन्द्रबाट अर्जुन, पवनदेवबाट भीम, अश्विन कुमारबाट नकुल र सहदेवको जन्म भएको थियो ।

कौरवको जन्मको एक रहस्यः धृतराष्ट्र र गान्धारीको ९९ छोरा र १ छोरी थिए जसलाई कौरव भनिन्थ्यो । सबै कौरवमा दुर्योधन सबैभन्दा ठुला थिए । गान्धारी गर्भवती हुदा धृतराष्ट्रले एक दासीसँग सहवास गरेका थिए दासीबाट युयुत्सु नामका छोरा जन्मिए ।

गान्धारीले छोरा जन्माउने वर वेदव्यासले दिएका थिए । गर्भधारण लिएको २ वर्षसम्म पनि सन्तान उत्पत्ती नभएकोले गान्धारीले आफैलाई रिसको झोकमा सजाय दिन थालिन् । वेदव्यासले थाहा पाएर गान्धारीलाई तलाउ खनेर तलाउ भरी घिउ हाल्न लगाए ।

गान्धारीको गर्भबाट निस्केको पिण्डबाट सयौ टुक्रा भए । त्यो टुक्रालाई गान्धारीले बनाएको तलाउमा राखेर २ वर्षसम्म पछि मात्र खोल्ने आदेश दिएर वेदव्यास आश्राम गए । २ वर्षपछि तलाउबाट दुर्योधनको उत्पत्ति भएको थियो । उहि तलाउबाट धृतराष्ट्रको ९९ छोरा र दुशला नामकी एकको जन्म भएको थियो ।



प्रतिक्रिया दिनुहोस्