Logo

नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत लक्षणविहीन सङ्क्रमित



काठमाडौँ, २३ असार : नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उनले भने, “उनीहरु सङ्क्रमित छन्, तर उनको लक्षण केही छैन ।”

नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । तीमध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । “अहिलेसम्म हाम्रो स्थिति हेर्दाखेरि वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ”, उनले भने, “अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।”File Photo



प्रतिक्रिया दिनुहोस्