Logo

चीनको बेइजिङमा शून्य सङ्क्रमण



२३ असार : चीनको बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड–१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ ।

बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित विरामीहरू भेटिने गरेको भएपनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस सङ्क्रमित विरामी नभेटिएको उल्लेख छ ।

समग्रमा पछिल्लो सङ्क्रमण श्रृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति सङक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन् । त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा सङ्क्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।

चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब उक दर्जन वस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो ।

चीनले मङ्गलबार देशभरका विभिन्न छ प्रान्तका आठ व्यक्तिमा सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ सङ्क्रमितको सङ्ख्या हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन् । चीनमा मङ्गलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ ।एएनआई



प्रतिक्रिया दिनुहोस्