Logo

नेकपा स्थायी कमिटी बैठकले भोलि के गर्ला ?



काठमाडौं, २३ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक भोलि भने स्थगित नहुने भएको छ । लगातार बैठक स्थगन भएपछि भोलिका लागि सारिएको बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक लगातार स्थगित हुँदै आएको थियो । बैठकले यसबारे टुंगो लगाउने भनिएको छ ।

बैठक अगावै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर कुनै सहमति निकाल्ने सम्भावना पनि रहेको छ । आज दुई नेताबीचको बैठकमा केही आशालाग्दा कुराकानी भएका छन् ।

ओली राजीनामा दिन तयार छैनन् । बरु उनले मिलेर जाने अन्य विकल्प दिएका छन् । तर, उनको विरोधी पक्ष राजीनामाको एजेन्डामा केन्द्रित छ । यसरी भोलिको बैठकमा कुनै सहमति गरेर जाने सम्भावना पनि देखिएको छ । तर, दुर्घटनाको खतरा अझै टरेको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्