Logo

सरिता गिरी अदालत जाने



काठमाडौं, २३ असार । सरिता गिरीले आफूलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि समाजवादी पार्टी नेपालले कारबाही गरेको विषयमा आपत्ति जनाएकी छिन् । उनले आफू यो विषयलाई लिएर अदालतमा जाने पनि जानकारी दिएकी छिन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अनुशासनको कारवाही गर्ने अधिकार पार्टीको केन्द्रीय समितिलाई मात्रै भएकोले पदाधिकारी बैठकले कारबाही गर्नु विधानविपरित भएको पनि स्पष्ट पारेकी छिन् ।

उनले आफू विवादमा आउनुको कारण प्राईम टाईम्स टेलिभिजनको अन्तर्वार्ता पनि एउटा कारण भएको टिप्पणी गरिन् । उनले पत्रकार धमलालाई एउटा कारकको रुपमा प्रस्तुत गरिन् । त्यस्तै, नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आफूलाई सांसदबाट हटाउनको लागि षड्यन्त्र गरेको पनि उनले आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्