ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण


एजेन्सी, २४ असार । ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरसको महामारीलाई हल्का रुपमा लिदै आएका उनलाई चौंथोपटक टेष्ट गर्दा संक्रमण भेटिएको हो ।

शरीरको तापक्रम बढेपछि उनको नमुना परीक्षण भएको थियो । मंगलबार टेलिभिजन अन्तवार्तामा आफू ठिक अवस्थामा रहेको बताएका थिए । ६५ वर्षीय बोलसोनारो खतरामा परेको उमेर समुहका हुन् ।

कोरोना भाइरसलाई सामान्य ज्वरो भनी उनले अभिव्यक्ति दिदै आएका थिए । लकडाउनको विरोधी थिए । कोरोना महामारीका बखत पनि सभा सम्मेलन गर्दै आए । कोरोना रोकथाममा कडा नीति लागु गर्न खोज्ने दुईवटा स्वास्थ्यमन्त्रीलाई हटाए ।-File Photo