Logo

अमेरिकाले देख्यो चीनबाट ठुलो खतरा; जासुसी, घुस र ब्ल्याकमेल सम्मको आरोप



एजेन्सी, २४ असार । अमेरिकाले चीनबाट सबैभन्दा ठुलो खतरा देखेको छ । उसले अमेरिकामाथि भविष्यसम्म चीनबाट ठुलो खतरा रहेको जनाएको हो ।

अमेरिकी खुफिया एजेन्सी एफबीआईका निर्देशक क्रिष्टोफर रेले चीनबाट बहु उद्देश्यका साथ अवरोधको अभियान चलिरहेको आरोप लगाए । वासिङटनको हुडसन इन्स्टिच्युटमा बोल्दै मंगलबार उनले चीन कुनै हालतमा सुपरपावर बन्ने गरी जेसुकै गतिविधि गर्ने गरी लागिपरेको आरोप लगाए । विभिन्न तथ्यांकहरु प्रस्तुत गर्दै अमेरिकी नीतिलाई असर पार्नेगरी जासुसी, घुस, ब्ल्याकमेल, गैरकानुनी राजनीतिक गतिविधि देखि महत्वपूर्ण डाटा र पैसा चोरी गर्ने जस्ता चिनियाँ हस्तक्षेपबारे उल्लेख गरे ।

चीनले विदेशमा रहेका चिनियाँ नागरिकलाई तारो बनाउन थालेको बताए । कोरोनाभाइरससम्बन्धी रिसर्चमा रहेका चिनियाँ नागरिकलाई फर्कन वाध्य बनाउन खोजेको उनको भनाई थियो ।

चीनसम्बन्धी प्रतिजासुसी काम अगाडि बढाइएको क्रिष्टोफर रेले खुलाए । फक्स हन्ट रणनीति अन्र्तगत विदेशमा रहेका कतिपय चिनियाँलाई कि त चीन फर्कने कि त आत्महत्याको अवस्थामा पुर्याउने गरी तारो बनाइरहेको आरोप लगाए ।

पछिल्लो समय अमेरिका र चीनबीच सम्बन्ध चीसो हुँदै जाँदा एफबीआईका निर्देशकको भनाई आएको हो । कोभिड १९ को महामारीपछि अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाउँदै आएको छ । दुवै देशबीच जमिन र समुन्द्रसम्म सैन्य प्रभाव बढाउने प्रतिष्पर्धा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्