Logo

कोरोना पीडितलाई पठाएको राहत खोलामा बगाउने तीन कार्यकर्ता पार्टीबाटै निष्कासित



काठमाडौं, असार २४ । राष्ट्रिय जनमोर्चा (राजमो)ले आफ्ना तीन कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । कोरोना पीडितलाई पठाएको राहत सामग्री खोलामा बगाएको भन्दै वडाध्यक्ष एवं जिल्ला सदस्यसहित तीनजना कार्यकर्तालाई पार्टीबाट निष्कासन पार्टीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । पार्टीले निष्कासित सद्श्यहरुमाथी निर्वाचनका वेला आफ्नै उम्मेदवारलाई असहयोग गरेकोसमेत आरोप लगाएको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ढोरपाटन नगरपालिका– ४ का वडाध्यक्ष एवं जिल्ला सदस्य तिलक पुन, सोही ठाउँका तिलबहादुर फगामी र गनबहादुर फगामीलाई पार्टीबाट निष्कासन गरेको जनाएका छन् । तिलबहादुर फगामी र गनबहादुर फगामी सोही वडाका निर्वाचित वडा सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस्