Logo

आउनै लाग्यो कोरोनाविरुद्धका भ्याक्सिन, यसरी भइरहेको छ काम



एजेन्सी, २४ असार । विश्वभर फैलिएको कोरोना भाइरस भयावह बन्दै गएको देखिन्छ । भ्याक्सिन बनेपछि भने स्थिति सामान्य हुने आशा गरिएको छ । यसका लागि एक सय २० भन्दा बढी औषधी कम्पनि र रिसर्च केन्द्र अहोरात्र सक्रिय छन् ।

भारतमा रहेका केही चर्चित कम्पनीहरु भ्याक्सिन विकासमा निरन्तर लागिपरेका छन् । भ्याक्सिन निर्माण गर्न सात कम्पनीहरु दौडमा तत्काल सामिल रहेका छन् । त्यसमध्ये दूई कम्पनीले भ्याक्सिनको क्लीनीकल परिक्षण सुरु गरिसकेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषदले भ्याक्सिन अगस्त १५ सम्ममा परिक्षण पुरा गरिसक्ने विश्वास व्यक्त गरेको छ ।

कोभ्याक्सिनले आफ्नो क्लीनीकल परिक्षण छिट्टै प्रारम्भ गर्ने : भारत वायोटेकद्वारा निर्मित कोभ्याक्सिनले भारतमा कोरोना विरुद्व लड्न प्रभावकारी भ्याक्सिनको निर्माण गरिरहेको छ । भ्याक्सिनले भारतीय ड्रग कन्ट्रोलरबाट समेत स्वीकृती पाइसकेको छ । कोभ्याक्सिनको पहिलो र दोस्रो चरणको परिक्षण छिट्टै हुने जनाइएको छ । कोभ्याक्सिनले प्रभावकारी भूमिका खेल्न सक्ने अनुमान कम्पनीले लगाएको छ ।

भ्याक्सिनको तेस्रो चरणको परिक्षण आवश्यक नरहेको कारण पहिलो र दास्रो चरणको आधारमा यसलाई प्रयोगमा ल्याइने भएको छ । कम्पनीले अगस्त १५ सम्म भ्याक्सिन परिक्षण पूरा भइ नतिजा समेत आइसेक्ने विश्वास व्यक्त गरिएको छ । यसले भाइरसमा देखा परेको स्पाइक प्रोटिनलाई मार्ने र रोक्न प्रभावकारी हुने जनाइएको छ । शरीरको प्रतिरक्षा प्रणालीलाई समेत विकास गर्न मद्दत पुर्याउने छ ।

के भ्याक्सिन सन् २०२० भित्रमा आउन सक्छ : भारत वायोटेकद्वारा निर्मित कोभ्याक्सिनबाहेक अन्तर्राष्ट्रिय भाइरोलाजिस्टहरुको संयुक्त साझेदारीमा निर्माण भइरहेको कोरोफ्लूलाई समेत प्रभावकारी मानिएको छ । उक्त औषधी इन्फ्लूएन्जाको स्ट्रेनद्वारा निर्मित गरिएको जनाइएको छ । सुरक्षा र प्रभावकारीको आधारलाई मध्येनजर गरी उक्त भ्याक्सिन भने विवादमा रहेको छ । त्यसैगरी मार्डना र एस्ट्राजेनेका दौडमा अग्रसर देखिएको छ । विश्वभर चिनियाँ कम्पनी लगायत अरु केही कम्पनीहरुमात्र भ्याक्सिनको निर्माण गर्न केही हदसम्म सफल भएको बुझिन्छ ।

मानव परिक्षण कहाँ हुनेः भारतीय चिकित्सा अनुसन्धान परिषदले १२ वटा संस्थानहरुलाई सुचीकृत गरेको छ । १२ संस्थानका करिब एक हजारमा परिक्षण गरिने जनाइएको छ । भारत वायोटक द्वारा निर्मित भ्याक्सिनको अनुसन्धान विस्कान्सिन विश्वविद्यालय र जेफरसन विश्वविद्यालयको संयुक्त साझेदारीमा भइरहेको छ ।

जाइडस क्याडीला भ्याक्सिनले परिक्षणका लागी मान्यता भारत सरकारसंग पाइसकेको छः अहमेदावाद स्थित रहेको कम्पनी जाइडस क्याडीलाले आफ्नो परिक्षणका लागी सम्बन्धीत निकाय संग स्वीकृती पाइसकेको छ । जाइडस क्याडीलाद्वारा निर्मित भ्याक्सिन जाइकोभ डीको अनुसन्धान भारत युरोपको संयुक्त साझोदारीमा भइरहेको छ । उक्त कम्पनीले थुप्रै अन्य औषधीहरुको विकास समेत गरिरहेका छ ।

भारतमा अन्य भ्याक्सिनको विकास कस्तो छः भ्याक्सिन निर्माणको दौडमा बेंगलुुरुस्थित रहेको माइनभ्याक्सले अफ्नो भ्याक्सिनको अनुसन्धालाई तीव्रता दिएको छ । प्रोटिनको आधारमा निर्माण भइरहेको भ्याक्सिनले अद्वितीय भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । कोडोन डिअप्टिमाजेसनको आधारमा भ्याक्सिन निर्माण हुने भएको हो । माइनभ्याक्स र अष्ट्रेलिया विश्वविद्यालयको संयुक्त साझेदारीमा भ्याक्सिनको निर्माण भइरहेको छ । कोडोन डिअप्टिमाजेसनले शरीरमा रहेको कोरोनाको कणहरुलाई मार्न मद्दत गर्ने जनाइएको छ ।

कोरोनाविरुद्व लड्न आयुर्वेदले समेत अग्रसरता देखाइरहेको छः भारत सरकारले आयुर्वेद र होमियोपेथिलाई समेत भ्याक्सिन वा औषधी निर्माण गर्न स्वीकृती दिइसकेको छ । कोरोना विरुद्व लड्न आयुर्वेदले समेत प्रभावकारी भूमिका खेल्न सक्ने जनाइएको छ ।

पतञ्जलीले कोरोना विरुद्व लड्न कारोनीलको अनुसन्धान गरिरहेको छ । उक्त औषधीलाई आयूष मन्त्रालयले अनुमति नदिएपनि अनुसन्धालाई कम्पनी पुनः एक पटक तीव्रता दिएको छ । नरिवलको तेललाई समेत केरेलामा कोराना विरुद्व लड्न प्रभावकारी मानिएको छ । अयुर्वेदले समेत आफ्नो स्तरबाट अनुसन्धानलाई जारी राखेको छ ।



प्रतिक्रिया दिनुहोस्