Logo

भोली रातिदेखि मनसुन थप सक्रिय हुने



काठमाडौं, असार २४ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहेकाले भोली रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ ।

मनसुन थप सक्रिय हुने भएकाले भोलीदेखि शनिबारसम्म बाढीपहिराको जोखिम समेत बढ्ने पूर्वानुमान मौसम विज्ञान विभागले गरेको छ ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने जानकारी दिइन।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जान सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । यसैबीच बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्