Logo

अमेरिका औपचारिक रुपमा डब्ल्यूएचओबाट अलग हुँदै



एजेन्सी, २४ असार। संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) औपचारिक रुपमा अलग हुने भएको छ। अमेरिका आफू अलग हुने जानकारी संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराइसकेको जनाइएको छ । अमेरिकाले यसबारे संयुक्त राष्ट्रसंघलाइ ६ जुलाईमा जानकारी दिएको राष्ट्रसंघ पुष्टि गरेको छ । उक्त प्रक्रिया पूरा हुन एक वर्षको समय लाग्न सक्ने अनुमान गरिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा डब्ल्यूएचओ चलेको आरोप लगाएका थिए ।ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग अलग हुने घोषणा गरेका थिए ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रसले ट्रम्पलाई रकम नरोक्न समेत अपिल समेत गरेका थिए । बिमंरा अनुरोध पश्चात पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् ।



प्रतिक्रिया दिनुहोस्