Logo

विश्वमा ८० प्रतिशतको देखिएन कुनै लक्षण



एजेन्सी, २४ असार । कोरोना भाइरस संक्रमितमा विभिन्न लक्षण देखिने विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्यसम्बन्धी संस्थाहरुले आधिकारिक रुपमा सार्वजनिक गरेका छन् । ज्वरो आउने, सुख्खा खोकी लाग्ने, थकान महशुश हुनेलगायत कोभिड १९ को मुख्य लक्षण हुन् । तर, कोरोना संक्रमित व्यक्ति मध्ये २० प्रतिशत मानिसमा मात्र लक्षण देखिएको छ ।

८० प्रतिशत मानिसमा विना लक्षणको संक्रमण देखापरेको छ । संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको ज्ञात नहुने विषय र सो मानिसबाट अरुमा फैलिन सक्ने त्रास बढ्दै गएको देखिन्छ । विशेषगरी चिकित्सक र स्वास्थ्यकर्मीहरुमा बढी प्रभावित परेका छन् ।

ओएनएसद्वारा गरिएको सर्वेका अनुसार घर बाहिर गएरकाम गर्ने स्वास्थ्य कर्मी, सामाजिक सेवामा खटिएको र निम्न वर्गका मानिसहरु विना लक्षण संक्रमण फेला परिरहेको जनाएको छ । साथै ठूला घरहरुमा अत्यधिक संख्यामा बसोवास गर्ने व्यक्ति समेत उच्च जोखिम र संक्रमित भएको जनाएको छ ।

सर्वेका अनुसार महिला भन्दा बढी पुरुष कोरोनाको चपेटमा परेका र मृत्यु दर समेत पुरुषकै बढी देखिएको छ । केयर होम्समा बसोवास गर्ने व्यक्तिहरुले कोरोना संक्रमण न्युनीकरण गर्ने सरकारद्वारा जारी गरिएकोे नियम पालना नगरेको कारण संक्रमणको जाखिम अत्यधिक देखापरेको छ । अहिलसम्म संक्रमण रोक्न निर्धारित प्रावधान भने कसैलाई थाहा नभएको कारण विना लक्षण कोरोना संक्रमितको संख्या बढेदै गएको अनुमान गरिएको छ । त्यसकारण सामाजिक दूरी र मास्कको प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको छ । विना लक्षण संक्रमणले थप जटिल अवस्था तिर धकेलिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्