Logo

मालपोतको घुसमा उपसचिवकै संलग्नता खुलेपछि अख्तियारको फन्दामा



काठमाडौं, २४ असार । डिल्लीबजार मालपोतको घुसकाण्डमा कार्यालय प्रमुखकै संलग्नता खुलेको छ । मिलेमतोमै घुस लिएको प्रष्ट भएपछि मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । २०७७ असार २ मा डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएका थिए । कार्यालय खुलेलगत्तै उनीहरु घुसकाण्डमा परेका थिए ।

.गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि पटक पटक धाउँदा पनि नभएपछि ४८ लाख रुपैयाँ घुस दिने सर्तमा मालपोत कार्यालयका कर्मचारीसँग कुरा मिलाएका थिए । उनले अख्तियारलाई खबर गरी पहिलो किस्ताबापत ८ लाख ५० हजार घुस दिने क्रममा अधिकृत कँडेलसहित अधिकृत रघुवंश कँडेल, खरिदार नासु उद्धव सापकोटा, दीपक खनाल, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले पक्रेको थियो । उनीहरु सामाखुसीको एक पार्टी प्यालेसबाट पक्राउ परेका थिए ।

अधिकृत कँडेलसहितका कर्मचारी पक्राउपछि कार्यालय प्रमुख अधिकारीलाई भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा सरुवा गरिएको थियो । कित्ताकाटको घुस लेनदेनमा मालपोत प्रमुख गोविन्द अधिकारीको समेत संलग्नता खुलेपछि उनलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्