काठमाडौं, २४ असार । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको बैंकले जनाएको छ ।
शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै फाउंडेशनले गरेको कामको प्रशंसा गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड–१९को कठिन घडीमा पनि यस्ता कार्य गर्दै आएको छ ।
आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाउनु भएको छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाए । सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।




प्रतिक्रिया