Logo

संसदको विशेष अधिवेशन मागेर ओलीविरुद्व अविश्वासको प्रस्तावको रणनीति



काठमाडौ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि उनलाई हटाउन संसदीय बाटो अबलम्बन गर्ने रणनीति समेत तयार भएको छ । विकल्पमा अविश्वासको प्रस्ताव समेत राखेर गृहकार्य भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री अ‍ोलीले क्याबिनेट डाकेर संसदको बजेट अधिवेशन अन्त गरेकोमा सत्तापक्ष र प्रतिपक्ष दुवै असन्तुष्ट छन् । उनले एकै दिनमा अधिवेशन अन्तको निर्णय गराएर सोही दिन सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन गर्न लगाए । यसबाट नेपाली काँग्रेस र जनता समाजवादी पार्टी असन्तुष्ट रहेका छन् ।

काँग्रेस र जसपाले विशेष अधिवेशन बोलाउन आग्रह गर्ने तयारी समेत भएको छ । उनीहरु नेकपा विवादलाई पर्ख र हेरको स्थितिमा छन् । नेकपा विवाद कुन चरणमा पुग्छ हेरेर विशेष अधिवेशनमा बढ्ने तयारी रहेको विश्वस्त स्रोतले बताएको छ ।

विशेष अधिवेशन डाकेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि नेकपाभित्रको विरोधी समुहको ग्रीन सिग्नल भने आउन जरुरी रहेको भन्दै पर्खिएको बुझिएको छ । संसदमा अविश्वासको प्रस्ताव आइहालेमा नेकपाको विरोधी पक्षको साथ विना ओलीलाई हटाउन असम्भव छ । त्यतिबेला संसदीय दलले लिने निर्णय महत्वपूर्ण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्